Loading

सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार र VCAT सम्बन्धी कालीकोटमा दुई दिने अभिमुखीकरण सम्पन्न

सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार र VCAT सम्बन्धी कालीकोटमा दुई दिने अभिमुखीकरण सम्पन्न

कालीकाेट ६ भाद्र। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा बियोन्ड बेइजिङ कमिटी (BBC) को सहयोगमा सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार र गर्भपतनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

भाद्र ४ र ५ गते दुई ब्याचमा सञ्चालन गरिएको एक दिने अभिमुखीकरण कार्यक्रममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, नियमावली, निर्देशिकाका साथै ‘मूल्यमान्यता प्रष्टीकरण तथा व्यवहार रुपान्तरण’ (VCAT) सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकाेटका सूचना अधिकारी कटक महतले बताउनु भयाे।

कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहहरू (खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, नरहरिनाथा गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका) का प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, सेवाप्रदायक स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी नर्सिङ प्रशासक मानकुमारी गुरुङ प्रमुख अतिथि तथा जनस्वास्थ्य अधिकृत उमा डिसी अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको व्यवस्थापन तथा समन्वय बीबीसीका प्रोजेक्ट कोअर्डिनेटर भगवती अधिकारीले गर्नुभएको थियो।

अभिमुखीकरणका सहभागीहरूले सुरक्षित मातृत्व र प्रसूति सेवालाई थप सर्वसुलभ, मर्यादित र अधिकारमुखी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार