नगरपालिकाभित्र पछिल्लो समय युवाहरूमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकाले त्यसलाई व्यवस्थित बनाउन यो पहल गरिएको हो। नवगठित समितिले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने तथा आगामी दिनमा नगर तथा जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।