Loading

रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणीमा पोषण परियोजना

रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणीमा पोषण परियोजना

कालीकाेट ३ भाद्र। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालीकोट र किर्डाक नेपालको सहजीकरण एवम् कार्यान्वयनमा सञ्चालित पोषण परियोजनाको पालिकास्तरीय जानकारी आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

परियोजना सञ्चालन भइरहेका कालीकोटका तीन वटा स्थानीय तहहरू रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा छुट्टाछुट्टै आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

सम्बन्धित पालिकाहरूकै समन्वयमा आयोजित कार्यक्रममा परियोजनामार्फत हालसम्म भएका गतिविधि, हासिल भएका उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल र जानकारी आदान–प्रदान गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बालकालिका तथा आमाहरूको पोषण स्थिति सुधारका लागि सञ्चालित यस परियोजनाले स्थानीय तहमा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी दिनमा पनि प्रभावकारी समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार