यस्तै, ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष ‘ब्याकच्यानल’ संवाद भइरहेको दाबी गरे पनि आईआरजीसीका प्रवक्ताले त्यसको खण्डन गरेका छन्। विश्लेषकहरूका अनुसार युद्धका कारण ६ महिनादेखि बन्द प्रायः रहेको होर्मुज जलडमरूमध्य खोल्ने विषयमा कूटनीतिक प्रयास भइरहँदा ट्रम्पको पछिल्लो धम्कीले मध्यपूर्वमा थप तनाव बढाउने देखिएको छ।