Loading

आजदेखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने, समस्या परे QRT मा सम्पर्क गर्न निगमको अपिल

आजदेखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने, समस्या परे QRT मा सम्पर्क गर्न निगमको अपिल

काठमाडौँ १ भाद्र। नेपाल आयल निगमले खाना पकाउने एल.पि. ग्यासको बिक्री वितरण २०८३ भदौ १ गते सोमबारदेखि पुनः नियमित प्रक्रियाअनुसार नै सञ्चालन हुने जनाएको छ। निगमले सूचना तथा प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने नियमित ग्यास विक्रेताहरूकहाँ गएर ग्यास खरिद गर्न आग्रह गरेको छ

यसअघि साउन ३१ गते आइतबार काठमाडौँ उपत्यकामा अति आवश्यक परेका उपभोक्ताका लागि सातवटा तोकिएका बिक्री केन्द्रहरूमार्फत ९,५६८ थान ग्यास सिलिन्डर बिक्री वितरण गरिएको निगमले जनाएको छ। उक्त वितरण कार्यमा कर्मचारी, जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीको सहयोग रहेको थियो।

ग्यास आपूर्तिलाई थप सहज, पारदर्शी र व्यवस्थित बनाउन निगमले पाँचबुँदे नयाँ व्यवस्था समेत लागू गरेको छ। नयाँ व्यवस्था अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने वितरकको विवरण र सिलिन्डर संख्या बिहान ९ बजेभित्र निगममा पठाउनुपर्नेछ। त्यसैगरी ग्यास बिक्री वितरण गर्दा घरायसी प्रयोजनका ग्राहकलाई उच्च प्राथमिकतामा राख्नुपर्नेछ

बजारमा अनुगमनका लागि गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन, वाणिज्य विभाग र निगमको संयुक्त टोली खटाइनेछ। नजिकको विक्रेताबाट ग्यास पाउन नसकेमा वा तत्काल अति आवश्यक परेमा उपभोक्ताका लागि आयल निगमले क्विक रेस्पोन्स टिम (QRT) को मोबाइल नम्बर ९८५१४५५१२४९८५१४५५१२८ समेत सार्वजनिक गर्दै सम्पर्क गर्न अनुरोध गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार