Loading

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहितका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहितका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ ३१ साउन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले २०८३ साउन ३१ गते आइतबार जारी गरेको बुलेटिन अनुसार विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा वर्षाको प्रभाव बढी देखिनेछ।

विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्नेछ। तराई भू-भागतर्फ लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका धेरै स्थानमा रातिको समयमा पनि मध्यम वर्षा जारी रहनेछ। तराई क्षेत्रमा लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसैगरी, सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई दुवै भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा नदीनालामा बाढीको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार