Loading

कर्णालीमा साउने संक्रान्ति र देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा साउने संक्रान्ति र देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक बिदा

कालीकोट, ३२ असार । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा आगामी साउन १ गते शुक्रबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतद्वारा जारी सूचना अनुसार उक्त दिन कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा लागू हुनेछ।

मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मी कुमार वि.क. द्वारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को मन्त्रिपरिषद् बैठकले गत २०८२ साल चैत २४ गते नै यो बिदा दिने निर्णय गरिसकेको थियो। सोही पूर्वनिर्णय बमोजिम साउन १ गतेका दिन सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा रहने गरी सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा विज्ञप्तिमा उल्लेख छ। कर्णालीको मौलिक सांस्कृतिक पर्व देउडा र साउने संक्रान्तिलाई उल्लासमय रूपमा मनाउन प्रदेश सरकारले यो बिदा कार्यान्वयनमा ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार