Loading

महाबैमा स्वास्थ्य शिविर सुरु

महाबैमा स्वास्थ्य शिविर सुरु

कालीकाेट- महाबै गाउँपालिकाकाे ‌ओदामा बिहिबार देखि एकिकृत स्वास्थ्य शिविर संचालन भएकाे छ । स्वास्थ्य सेवा कार्यालय कालीकाेट र नेपाल नेत्र ज्याेती संघ कालीकाेटकाे आयाेजना तथा ओदा फाउन्डेशन र प्रदिया फाउन्डेशन स‌ंगकाे सहकार्यकामा शिविरकाे सुरु गरिएकाे हाे ।

महाबै गाउँपालिका संगकाे समन्वयमा सुरु गरिएकाे शिविरमा स्थानीय नागरिकले बिषेशज्ञ स्वास्थ्य सेवा पाउने गाउँपालिका अध्यक्ष खेम बहादुर सिहले बताउनु भयाे । दुई दिन सम्म शिविरमा हाडजाेर्नि तथा नसाराेग सेवा, बालराेग बिशेषज्ञ सेवा, स्त्री तथा गर्भवती सेवा, प्रसुती सेवा, परिवार नियाेजन सेवा, आँखा उपचार तथा अन्य सेवाहरु प्रदान गरिने स्वास्थ्य सेवा कार्यालय कालीकाेटका सूचना अधिकारी कटक महतले बताउनु भयाे।

सेवा प्रवाहका लागि १० जना चिकित्सककाे टाेली खटिएकाे छ । शिविर  शुक्रबार पनि चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार