Loading

तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा भाेली स्ववियु चुनाव हुदै

तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा भाेली स्ववियु चुनाव हुदै

कालीकोट- तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा साेमबार (भाेली) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएकाे छ । स्ववियु सभापती पदका लागि तीन जना उम्मेदवारी परेकाे छ । 

सभापती पदका लागि अनेरास्ववियुबाट दिपा शाही, अखिल (क्रान्तिकारी)बाट हिक्मत सिंह र स्वतन्त्र रूपमा सर्मिला शाही चुनावी मैदानमा छन्। नेकपा एमाले निकट अनेरास्ववियुकी उम्मेदवार दिपा शाहीलाई नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले समर्थन गरेको छ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) उम्मेदवार हिक्मत सिंहलाई एकीकृत समाजवादी निकट अखिल (समाजवादी), विप्लव माओवादी निकट अखिल समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रवि संघ र नेपाल मजदुर किसान पार्टी निकट नेपाल विद्यार्थी संघ (क्रान्तिकारी)को साथ रहेको छ।

स्वतन्त्र उम्मेदवार सर्मिला शाही भने कुनै दल वा संगठनसँग सहकार्य नगरी स्वतन्त्र प्रतिस्पर्धामा छन् । स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि मात्र नभई राजनीतिक दलहरूका लागि समेत चासोको विषय बनेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार