Loading

दाउरा काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

दाउरा काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

कालीकोट- सान्नी त्रिवेणी-६ पोरीवनकी ५५ वर्षीया उता साउदको भीरबाट लडेर मृत्यु भएको छ । दाउरा काट्न गएकी साउदको  सान्नी त्रिवेणी-६ मा पर्ने उत्त्यसेनी भीरबाट लडेर शनिबार मृत्यु भएको हो ।

भीरबाट लडेर घाइते भएकी साउदलाई स्थानीय बाेकेर घर नपुर्‍याउँदै मृत्यु भएको सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनु भयाे । मृतकका २ छोरा र १ छोरी छन् । पति कन्न साउद ज्याला मजदुरी र खेतीपाती गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार