Loading

महाबैकाे पाद्मगाडमा आजबाट अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु

महाबैकाे पाद्मगाडमा आजबाट अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु

कालीकोट– महाबै गाउँपालिकाको पाद्मगाडमा अध्यक्ष कप तथा तेस्रो पाद्मगाड मेला आजबाट संचालन हुने भएको छ । समाज कल्याण युवा मञ्चको आयोजना र गाउँपालिकाको सहयोगमा मेलाको आयोजना हुने भएको हो । मेलामा अन्तरपालिका स्तरिय महिला तथा पुरुष भलिबल र बिभिन्न साँस्कृतीक कार्यक्रम हुने भएका छन् ।

खेलकुदको विकास गर्न र स्थानीय कलासाँस्कृतीको जगेर्ना गर्न मेलाको आयोजना गरिएको महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजनले बताउनु भयो । २०५६ सालबाट प्रत्येक बर्ष कार्तिक २७ गते मेलाको आयोजना हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार