Loading

कर्णाली राजमार्ग फेरि अवरुद्ध

कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालीकोट-  बुधबार बेलुकीको अविरल वर्षापछि कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत-जुम्ला सडक फेरि अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अर्न्तगत पर्ने कालीकोटको गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले शुभकालिका-१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन् । सधैँ पहिरो गइरहने गगने खोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिड्न जिल्ला प्रहरी कार्यालय कालीकोटले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार