कालीकोट– कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालीकोट खण्डमा पर्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ । बुधबार राती भएको बर्षाको कारण राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्गको गगने खोला, जितेगडा, एसमोड र दहीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।