Loading

जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आइतबार सदरमुकाम मान्मको होटल कोटदरवारमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना,सान्नीत्रिबेणी र शुभकालिका गाउँपालिकाका शाखा प्रमुख र स्वास्थ्य संस्था प्रमुखहरूको सहभागीतामा दादुरा रुबेला खोप अभियान २०८०/०८१ संचालन तथा नियमित सुदृढीकरणको लागि जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला प्रभावकारी खोप संचालन तथा ब्यवस्थापनका बिषयमा ब्यापक छलफल भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताउनु भयो । दोस्रो चरणमा अन्य स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य कर्मीहरु संग खोप तथा प्रभावकारी स्वास्थ्य सेवाका बिषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार