Loading

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरीको सम्झनामा स्मारक निर्माण

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरीको सम्झनामा स्मारक निर्माण

कालीकोट– सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका प्रहरीहरूको सम्झनामा जिल्ला प्रहरी कार्यालयले स्मारक निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय भित्र निर्माण गरिएको स्मारकमा तत्कालीन जिल्ला प्रहरी प्रमुख डिएसपी कैलाशकुमार क्षेत्री सहित २२ जना प्रहरीहरुको नामवली स्मारक राखिएको छ ।

पूर्वाधार विकास कार्यालयको ३ लाख रुपैयाँ बजेटबाट स्मारक निर्माण गरिएको हो । स्मारकले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरी कर्मचारीलाई भावी पुस्ताले स्मरण गरी राख्न मद्दत पुग्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताउनु भयो । कालीकोट जस्तो विकट जिल्लामा देश र जनताको सेवा गर्ने क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरी कर्मचारीको स्मारकले जनताको सेवामा समर्पित हुन प्रेरणा दिइरहने ढकालले बताउनुृ भयो ।

०५६ साउन १ गते कालीकोटमा हाजिर भएर २६ गते इलाका प्रहरी कार्यालय कोटवाडा निरीक्षणमा जाने क्रममा अधेरीखोला भीरमा माओवादीले थापेको एम्बुसमा परी तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाशकुमार क्षेत्रीको ज्यान गएको थियो । ०५७ मंसिर १४ गते इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमणमा मारिएका असई प्रकाश थापासहित जिल्लाभरि ज्यान गुमाएका २२ जना प्रहरी सहिदको नाम स्मारकमा उल्लेख गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ घर भएका क्षेत्री सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका नेपालकै पहिलो उच्च प्रहरी अधिकारी हुन् । डीआईजी ढकालले कालीकोटबाट सुर्खेत फर्किने क्रममा कर्णाली राजमार्ग नजिकै पर्ने मान्मस्थित भवानी आधारभूत विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरे । उनले लागूऔषध दुव्र्यसन, बाल विवाह न्यूनीकरण, अपराधबारे प्रहरीलाई कसरी सूचना दिने भन्नेबार विद्यालयका बालबालिकालाई जानकारी दिए ।

यसैबीच सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले आक्रमण गरी विस्थापित गरेको रास्कोट नगरपालिका स्थित फुकोट प्रहरी चौकी शुक्रबार पुनःस्थापना गरिएको डिएसपी जयश्वर रिमालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार