Loading

आगलागीमा परी राउटे युवक घाइते

आगलागीमा परी राउटे युवक घाइते

दैलेख— आगलागीमा परी एक जना राउटे युवक घाइते भएका छन् । नारायण नगरपालिका-८ लोहोरेनजिकै जंगलमा टहरो बनाएर बस्दै आएका अन्दाजी ३४ वर्षीय नारायण शाही जलेर घाइते भएका हुन् । मंगलबार राति सुतेकै बेला ओढेको कम्बलमा आगो सल्किएको प्रहरीले जनाएको छ । राति दाउरा बालेरै सुतेको र त्यही आगो कम्बलमा सल्किएको बताइएको छ । उनलाई बुधबार बिहान १० बजे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार