Loading

कर्णाली राजमार्गको सेरीघाटमा सडक खुल्यो

कर्णाली राजमार्गको सेरीघाटमा सडक खुल्यो

कालीकोट कर्णाली राजमार्गको सेरीघाटमा सडक भत्तीएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग पुर्णरुपमा सूचारु भएको छ । आज शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र स्थानीय ठेकेदार मिलेर सडक मर्मत गरेपछि राजमार्ग खुलेको पत्रकार अनन्त बरालले बताउनु भयो ।

राजमार्ग खुलेपछि मुगु, जुम्ला र कालीकोटका लागि सुर्खेत, नेपालगंज र काठमाडौबाट छुटेका सवारी साधनहरु गन्तब्य स्थान तर्फ लागेका छन् । कडा चट्टानी भिर फोरेर राजमार्ग खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । बर्षाको पानीले बिगारेको कर्णाली राजमार्ग अझै सुधार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार