Loading

क्यान महासंघ सुर्खेतको अधिबेशन सम्पन्न

क्यान महासंघ सुर्खेतको अधिबेशन सम्पन्न

कालीकोट–कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतको जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले लोकेन्द्र बहादुर गिरीको अध्यक्षतामा निबर्तमान अध्यक्ष सहित ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । त्यस्तै जिल्ला अधिबेशनले धर्मराज भण्डारी, उपेन्द्र मल्ल, लक्ष्मी बि.क,मान बहादुर खड्का, जीवन केशर खनाल, मेलिना मल्ल, दिब्यश्वर बटाला, तिलक आर्चाय क्रमस उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव,सदस्य निर्बतमान अध्यक्ष रहने गरी कार्यसमिति निर्माण गरेको छ ।

सुर्खेतको होटल बुलबुले भ्युमा अधिबेशन गरिएको अध्यक्ष लोकेन्द्र बहादुर गिरीले बताउनु भयो । ५१ सदस्य रहेको सुर्खेतमा गणपुरक सदस्य संख्याको उपस्थितीमा अधिवेशन सम्पन्न गरिएको हो । अभिबेशनले केन्द्रिय प्रतिनिधिका रामकिशोर रावल र प्रेम प्रकाश चन्दको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार