Loading

क्यान महासंघले आजबाट जिल्ला तथा प्रदेश अधिबेशन गर्दै

क्यान महासंघले आजबाट जिल्ला तथा प्रदेश अधिबेशन गर्दै

कालीकोटः कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले देशका ७४ वटा जिल्लामा आजै बाट जिल्ला तथा प्रदेश अधिबेशन सुरु गर्ने भएको छ । सूचना प्रविधी व्यवसायी तथा व्यक्तिहरुको छाता संगठन क्यान महासंघले ३० बर्षको यात्रामा पहिलो पटक देशभरका ७४ जिल्ला शाखा र ७ प्रदेश समितीको अधिवेशन गर्न लागेको हो ।

अधिबेशन आजबाट शुरु भई मंसीर २४ गते सम्म सम्पन्न हुने क्यान महासंघका महासचिव नारायण थापाले बताउनु भयो । देश भर सम्पन्न हुने अधिबेशनबाट निर्वाचित हुने सबै अध्यक्ष लगायत कार्यसमिति, सदस्य तथा महाधिबेशन प्रतिनीधिहरु लाई क्यान महासंघका अध्यक्ष नवराज कुवरले अग्रीम बधाई तथां शुभकामना दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार