Loading

कालीकोटको ताडी गाउँमा नमुना मतदान

कालीकोटको ताडी गाउँमा नमुना मतदान

कालीकोटः – जिल्ला निर्वाचन कार्यालय कालीकोटले सदरमुकाम मान्मको ताडी गाउँमा नमुना मतदान गरेको छ । स्थानीय मतदाताहरु मतदान गर्ने तरिका सिकाउन नमुना मतदान गरिएको हो । जिल्लाका नौ वटै स्थानीयतहमा नमुना मतदान गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धन बहादुर मल्लले बताउनु भयो ।

जिल्लाका सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको उहाँले बताउनु भयो । नमुना मतदान कार्यमा मुख्य निर्वाचन अधिकृत भरत लम्साल,प्रमुख जिल्ला अधिकारी राहरि शर्मा,जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, शसत्र प्रहरीका प्रहरी नावय उपरिक्षक मित्र श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी नन्दाराम चौलागाई लगायतको सहभागीता रहेको , थियो । कालीकोटमा ८० हजार ७ सय ३३ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार