Loading

खर्चको विवरण नबुझाएका प्रतिनिधिको विवरण सार्वजनिक

खर्चको विवरण नबुझाएका प्रतिनिधिको विवरण सार्वजनिक

कालिकोट–निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम आयोगले सार्वजनिक गरेका हो ।

शुक्रवार बसेको आयोगको बैठकले महानगरपालिकाका मेयर तथा उपमेयरलाई जनही साढे ७ लाख रुपैयाँ दरले जरिबाना तिराउने निर्णय गरेको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारले जनही तीन लाख, उपमहानगरका वडाअध्यक्ष तथा सदस्यले जनही साढे दुई लाख र नगरपालिकाका मेयर तथा उपमेयरले ४ लाख ५० हजार तथा वडाअध्यक्ष, सदस्यले दुई लाख रुपैयाँ बुझाउनु पर्ने छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले जनही साढे तीन लाख र वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदरवारले १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र तोकिएको जरिबाना नतिरे उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार