Loading

स्थानीय तहको बेथितिमा ‘हेलो सरकार’को कडा निगरानी: अब मुख्य सचिवले नै हेर्ने

स्थानीय तहको बेथितिमा ‘हेलो सरकार’को कडा निगरानी: अब मुख्य सचिवले नै हेर्ने

काठमाडौँ, ६ साउन । स्थानीय तहमा हुने ढिलासुस्ती, ठेक्कापट्टा तथा निर्माण कार्यमा हुने भ्रष्टाचार र अनियमितताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कडा कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट जारी सूचना अनुसार अब स्थानीय तहका भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासोको प्रत्यक्ष अनुगमन तथा सम्बोधन नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रूपमा हुने व्यवस्था मिलाइएको छ।

सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता र बेथितिका विषयमा ‘हेलो सरकार’ को पोर्टल र विभिन्न गुनासो सुनुवाइ संयन्त्रमार्फत प्राप्त गुनासोहरूलाई तीव्र र नतिजामुखी बनाउन यो कदम चालिएको हो।

नागरिकले स्थानीय तहका कुनै पनि अनियमितताविरुद्ध हेलो सरकारको विद्युतीय प्रणाली www.gunaso.opmcm.gov.np, महसुल नलाग्ने हटलाइन नम्बर ११११, मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५११४५०४५ वा सूचनामा दिइएको क्यूआर कोड स्क्यान गरी सोझै गुनासो दर्ता गराउन सक्नेछन्। सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित यो सूचनासँगै अब स्थानीय तहमा हुने ढिलासुस्ती र अनियमिततामाथि सरकारको उच्च तहबाटै कडा निगरानी हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार