Loading

मुगुमकार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा स‌‌चालन

मुगुमकार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा स‌‌चालन

कालीकाेट- मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएकाे छ ।

बिकट क्षेत्रमा प्रभावकारी दूरसञ्चार सेवा पुर्‍याउने उदेश्य अनुरूप कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकम प्रादेशिक कार्यालय  सुर्खेतले जनाएकाे छ।

कार्यालयका अनुसार गाउँपालिकाका सबै वडाहरू अन्तर्गत पर्ने डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँहरू र सो क्षेत्रमा पर्ने पदयात्रा मार्गका सेवाग्राहीले फोरजी सेवा प्राप्त गर्ने सक्ने भएका छन् ।

यस सेवामार्फत उक्त क्षेत्रका बासिन्दा द्रुत इन्टरनेट र उच्च गुणस्तरीय सञ्चार सुविधाबाट लाभान्वित हुने बिश्वास लिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार