काठमाडाै- नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज एक संस्कृति बोकेको पर्व हो। नेपाली समाजमा यो पर्वको मौलिक रुपमा लिइन्छ विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्। अविवाहित महिलाहरू पार्वतीले जस्तै मनले चिताएको राजकुमार पाइयोस् भनेर व्रत बस्ने गर्दछन्। आफ्नो परिवार तथा छरछिमेकका आफन्तहरू लाई भेट्न पाउने अवसरका अतिरिक्त विवाह गरेर टाढा टाढा पुगेका साथी संगीहरु तीजमा भेट्न पाइने आफ्नो घरतिरको वेदना गुनासो वा खुसीको अनुभव गीतकै माध्यमबाट साटासाट गर्न पाइने हुनाले चेलीहरू निकै रमाउन पाउँछन् तीजलाई स्वतन्त्रताको दिनको रुपमा नि हेर्ने गरिन्छl