Loading

रास्कोटमा नगर सभा,४९ करोड बजेट प्रस्तुत

रास्कोटमा नगर सभा,४९ करोड बजेट प्रस्तुत

कालीकोट–राष्कोट नगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रूपियाँ ल्याएको छ । नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरले वडा कार्यालय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई पनि समाबेश गरिएको छ । पर्यटन बिकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिक्ता दिने बताइएको छ ।

नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालिन बनाइने उल्लेख छ ।
नगर उपप्रमुख मनिराज बरालले वजेट प्रस्तुत गर्दै नगरको बिकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रूपियाँ रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार