Loading

कन्याक्ट आई.पि.एसबाट भन्दा बैकबाट राजश्य भुक्तानी सहज

कन्याक्ट आई.पि.एसबाट भन्दा बैकबाट राजश्य भुक्तानी सहज

कालीकोट– आन्तरिक राजश्व कार्यालयको राजश्व भुक्तानी कन्याक्ट आइपिएस बाट भन्दा बैकबाट गर्दा सहज हुने राजश्व कार्यालय जुम्लाले जनाएको छ । बिहिबार करचुक्ता प्रमाण पत्र लिनका लागि कालीकोटका एक ब्यवसायीले कन्याक्ट आइपिएस बाट राजश्व भुक्तानी गरेका थिए । ब्यवसायीले छिटाृ र छरितो सेवाका लागि अनलाइन सेवाको प्रयोग गर्दै कन्याक्ट आइपिएस बाट राजश्व जम्मा गरेका थिए । राजश्व जम्मा गर्दा पनि करचुक्ता नदेखिएपछि आन्तरिक राजश्व कार्यालय जुम्मामा फोन गर्दा बैकबाट जम्मा गरिएको राजश्व तत्काल देखाउने र आइपिएस बाट ४८ घण्टा पछि मात्र देखाउने बताएपछि ब्यवसायीहरुले कन्याक्ट आइपिएसबाट भन्दा बैकबाट राजश्व तिर्दा सहज हुने भएको छ । दर्गम क्षेत्रमा भरपर्दा र गुणस्तरिय प्रविधिको विकास तथा बिस्तार हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ । सहज सेवाका लागि भन्दै आन्तरिक राजश्व कार्यालयले आफ्नो अनलाइन पोटलमै कन्याक्ट आइपिएस सेवा राखेको छ । कालीकोट र मुगुमा आन्तरिक राजश्व कार्यालय छैन । कालीकोट र मुगुका ब्यवसायीहरु राजश्व भुक्तानीका लागि जुम्ला जानु पर्छ । कालीकोट बाट जुम्ला जान एक दिन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार