Loading

नर्वेजियन अनुदान स्वीकृत, सचिव पदमा मैनालीको बढुवा

नर्वेजियन अनुदान स्वीकृत, सचिव पदमा मैनालीको बढुवा

काठमाडौं,असाेज १९ गते । मन्त्रिपरिषद्को आज बसेको बैठकले विदेशी अनुदान सहायता स्वीकार गर्नेदेखि उच्च तहका कर्मचारीको बढुवा तथा पदस्थापनसम्मका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रुपान्तरण प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले प्रशासनिक तथा नीतिगत सुधारसँग सम्बन्धित ‘नेपाल इन्जिनियरिङ सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३’ र ‘वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३’ स्वीकृत गरेको छ।

यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।

बैठकले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार