Loading

बीमा क्षेत्रमा ‘सिन्डिकेट’ र मनपरी अन्त्य गर्ने सरकारी अस्त्र : अब कम्प्युटरले नै खटाउने छ सर्भेयर

बीमा क्षेत्रमा ‘सिन्डिकेट’ र मनपरी अन्त्य गर्ने सरकारी अस्त्र : अब कम्प्युटरले नै खटाउने छ सर्भेयर

काठमाडौँ,असाेज १४ गते । बीमा दाबी भुक्तानीमा लामो समयदेखि चल्दै आएको बिचौलिया प्रभाव, पहुँचवाला सर्भेयरको एकाधिकार र अनुचित ढिलासुस्ती तोड्न सरकारले नयाँ प्रविधिमा आधारित डिजिटल व्यवस्था सुरु गरेको छ। बीमा दाबीको वास्तविक क्षति मूल्याङ्कनलाई निष्पक्ष, पारदर्शी र सुशासनयुक्त बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरी कार्यान्वयनको तयारी थालिएको हो।

यसअघि बीमा कम्पनीहरूले आफ्नो अनुकूलता वा प्रभावका आधारमा सीमित व्यक्तिलाई मात्र बारम्बार सर्भेयर खटाउने गरेको गुनासो व्यापक थियो। अब भने मानवीय हस्तक्षेपविना नै प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा योग्य सर्भेयर छनोट गर्नेछ।

नयाँ प्रणालीमा देशभर कार्यरत सबै आधिकारिक सर्भेयरहरूको तथ्याङ्क प्रविष्ट भइसकेको छ। यसले सम्बन्धित सर्भेयरको विषयगत विज्ञता, कार्यक्षेत्र (भौगोलिक स्थान), उपलब्धता, वरिष्ठता तथा पोर्टफोलियोलाई सूक्ष्म विश्लेषण गरी स्वचालित ढंगले जिम्मेवारी तोक्नेछ। यसबाट केही पहुँचवाला सर्भेयरले मात्र कामको ओइरो पाउने र अन्य योग्य सर्भेयरहरू अवसरबाट वञ्चित हुने ‘सिन्डिकेट’ पूर्ण रूपमा नियन्त्रण हुने विश्वास गरिएको छ।

यस प्रणालीको अर्को बलियो पक्ष पारदर्शी ट्र्याकिङ हो। कुनै सर्भेयरले कति काम पायो, कति सम्पन्न गर्‍यो र हाल नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने सम्पूर्ण विवरण प्रणालीमा ‘रियल टाइम’ देखिनेछ। यसले गर्दा अनावश्यक बहाना बनाएर फाइल अड्काउने परिपाटीको अन्त्य भई बीमा दाबी फर्स्योट प्रक्रियामा लाग्ने समय र प्रशासनिक लागत उल्लेख्य रूपमा घट्नेछ भने आम बीमितले छिटो र न्यायोचित क्षतिपूर्ति पाउने बाटो खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार