Loading

बेरुजु फछ्र्यौट गर्न शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटको ७ दिने अल्टिमेटम

बेरुजु फछ्र्यौट गर्न शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटको ७ दिने अल्टिमेटम

कालीकोट भाद्र २४ गते । शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले साविकको जिल्ला शिक्षा कार्यालय छँदा विद्यालयहरूमा विनियोजित बजेटको बेरुजु फछ्र्यौटका लागि सम्बद्ध विद्यालयहरूलाई ७ दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन कडा निर्देशन दिएको छ।

एकाइले एक जरूरी सूचना जारी गर्दै साविकको जिल्ला शिक्षा कार्यालयको समयमा विद्यालयहरूको भौतिक निर्माण, पुस्तकालय व्यवस्थापन तथा सूचना र सञ्चार प्रविधि (ICT) ल्याब व्यवस्थापन लगायतका शीर्षकहरूमा बजेट विनियोजन भई खर्च भइसकेको भए पनि हालसम्म बिल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन दाखिला नभएको जनाएको छ।

पटक-पटक ताकेता गर्दा पनि विद्यालयहरूले बेरुजु फछ्र्यौटमा तदारुकता नदेखाएको भन्दै एकाइले हाल जिल्लामै महालेखा परीक्षकको टोली प्राप्त भएकाले यो अन्तिम अवसर प्रदान गरिएको स्पष्ट पारेको छ।

एकाइ प्रमुख हर्षप्रसाद चौलागाईंका अनुसार तोकिएको ७ दिनभित्र विद्यालयहरूले बिल भरपाई, कार्य सम्पन्न प्रतिवेदन, अनुगमन प्रतिवेदन, विद्यालय व्यवस्थापन समितिको निर्णय, स्थानीय तहको सिफारिस, बैंक स्टेटमेन्ट, निर्माण तथा व्यवस्थापनका फोटोहरू र अन्य आवश्यक कागजातहरू लिई कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। तोकिएको समयावधिभित्र कागजात पेश नगरेमा कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार