कालीकोट १८ भाद्र । तिलागुफा नगरपालिका नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा नगर अस्पताल व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा नगर अस्पतालको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउनेसम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएका छन्।