Loading

भोटेकोशीमा भीषण बाढी: १२३ को मृत्यु, २४५ बेपत्ता

भोटेकोशीमा भीषण बाढी: १२३ को मृत्यु, २४५ बेपत्ता

काठमाडौँ ११ भाद्र । नेपाल-चीन सीमा नजिकै (रसुवागढी) तिब्बततर्फ माथिल्लो जलाधार क्षेत्रमा हिमपहिरोका कारण नदीको बहाव अवरुद्ध भई अचानक खुलेपछि भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। भदौ १० गते बिहान ८:४० बजे प्रारम्भिक सूचना प्राप्त भएको सो विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व र तनहुँसम्म ठूलो जनधनको क्षति पुगेको छ।

प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १२३ जनाको शव फेला परेको छ। जसमध्ये चितवनमा सर्वाधिक ६४ जना, गोरखामा १९ जना, धादिङमा १८ जना, नुवाकोटमा ११ जना, तनहुँमा ९ जना र रसुवा तथा नवलपरासी पूर्वमा १/१ जनाको शव फेला परेको छ।

बाढीले सडक तथा पुल पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण ३५ वटा घरेलु तथा मोटरेबल पुल र ४५ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन्। साथै, ४० किलोमिटर पक्की सडक खण्ड ध्वस्त भएको छ भने रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका संरचना र केही कर्मचारीहरूसमेत सम्पर्कविहीन भएका छन्।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। हालसम्म स्थलगत रूपमा ९३ जनाको (रसुवाबाट ४३, नुवाकोटबाट ४७ र धादिङबाट ३ जना) सफलतापुर्वक उद्धार गरिएको छ भने नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११६ जनाको हवाई उद्धार गरिएको छ। घाइतेहरूको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार