कालीकाेट ८ भाद्र। कालीकोटको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको दुई दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा Epic MNCHN प्रोजेक्ट, VDSEF नेपाल र MDI नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
गोष्ठीमा गत आर्थिक वर्षमा पालिकाभित्र सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण, सेवा प्रवाहका उपलब्धि, समस्या तथा आगामी वर्षमा अपनाइने रणनीति र कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
अत्यन्तै मेहनतका साथ जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै गाउँपालिकाले सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखा परिवारलाई बधाई र धन्यवाद ज्ञापन गरेको छ। साथै, कार्यक्रममा सहयोग पुर्याउने साझेदार संस्था र न्यानो आतिथ्यताका लागि महावै अस्पतालका व्यवस्थापक प्रकाश शाही तथा ओदा फाउन्डेसनका अध्यक्ष करण सिंहप्रति हार्दिक आभार व्यक्त गरिएको छ।