Loading

सामाजिक विकास कार्यालय कालीकोट जिल्लामै पहिलो, ९५.१६ प्रतिशत पुँजीगत खर्च

सामाजिक विकास कार्यालय कालीकोट जिल्लामै पहिलो, ९५.१६ प्रतिशत पुँजीगत खर्च

कालीकोट, २७ साउन । सामाजिक विकास कार्यालय कालीकोटले आर्थिक वर्षमा उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ। कार्यालयले ९५.१६ प्रतिशत पुँजीगत खर्च गर्दै कर्णाली प्रदेशभर दोस्रो र कालीकोट जिल्लाभित्र पहिलो स्थान हासिल गर्न सफल भएको छ।

कार्यालयको चालुगत खर्च ८८ प्रतिशत रहेको छ भने समग्र वित्तीय प्रगति ९४.६६ प्रतिशत पुगेको छ। यस बजेटबाट जिल्लाका धेरैजसो सामुदायिक विद्यालयहरूका भौतिक पूर्वाधार तथा स्वास्थ्यजन्य संरचनाहरूको निर्माण सम्पन्न भएका छन्।

कार्यालयका प्रमुख अविराज शाहीका अनुसार सबै सरोकारवालाहरूको निरन्तर समन्वय र प्रतिबद्धताका कारण नै यो सफलता सम्भव भएको हो। “हामीले जिल्लाको शैक्षिक तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर पारदर्शी रूपमा काम गर्यौँ,” प्रमुख शाहीले भन्नुभयो, “समग्र टिमको अहोरात्र खटाइ र स्थानीय तहदेखि समुदायसम्मको सकारात्मक सहयोगले नै कालीकोटलाई प्रदेशमै उत्कृष्ट बनाउन सफल भएका छौँ।”

उहाँले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष, स्थानीय सरकार, नागरिक समाज, पत्रकार, निर्माण व्यवसायी र सहयोग गर्ने सम्पूर्ण दृश्य-अदृश्य हातहरूप्रति आभार व्यक्त गर्नुभयो। आगामी दिनमा पनि सामाजिक विकास कार्यालयको कार्यसम्पादनमा सबैको यस्तै महत्त्वपूर्ण साथ, सहयोग, समन्वय र सहकार्य रहने विश्वास व्यक्त गर्दै उहाँले सम्बद्ध सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

2 Responses

  1. सामाजिक विकास कार्यालय कालिकोट बाट सबै स्थानीय तहले सिकेर काम गर्दा ठिक हाेला कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार