Loading

सामाजिक विकास कार्यालय कालीकोटद्वारा योजना सम्झौताका लागि सूचना प्रकाशित (सूचीसहित)

सामाजिक विकास कार्यालय कालीकोटद्वारा योजना सम्झौताका लागि सूचना प्रकाशित (सूचीसहित)

कालीकोट, २० साउन । सामाजिक विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०८३/०८४ मा पूँजीगत खर्च शीर्षकअन्तर्गत सञ्चालन हुने विभिन्‍न पूर्वाधार निर्माण तथा विस्तार योजनाहरूको सम्झौताका लागि सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले चालू आवमा कार्यान्वयन हुने सामुदायिक विद्यालय, स्वास्थ्य चौकी तथा अन्य विभिन्न संघ-संस्थाका ४८ वटा विकास योजनाहरूको सूची सार्वजनिक गर्दै सम्झौता प्रक्रिया अघि बढाएको हो।

नेपाल पत्रकार महासंघको भवन निर्माणदेखि लिएर विभिन्न सामुदायिक विद्यालयका भवन, घेराबार, खेलमैदान, बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी निर्माणसम्मका योजनाहरू यस सूचीमा समावेश छन्। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातहरूसहित कार्यालयको योजना तथा प्राविधिक शाखामा सम्पर्क गरी सम्झौता सम्पन्न गर्न सम्बन्धित विद्यालय, स्वास्थ्य संस्था तथा निकायहरूलाई आग्रह गरिएको छ।

योजना सम्झौताका लागि आवश्यक कागजातहरू:

१. योजना निर्माण स्थलको जग्गाधनी प्रमाणपुर्जा वा भोगाधिकार पत्रको प्रतिलिपि

२. विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि

३. योजना सञ्चालन हुनुभन्दा अघिको निर्माण स्थलको रङ्गीन फोटो

४. सम्बन्धित वडा तथा गाउँपालिका/नगरपालिकाको सिफारिस पत्र

५. संस्था/विद्यालयको नाममा रहेको बैंक खाताको चेकको १ प्रतिलिपि

६. स्थायी लेखा नम्बर (PAN) प्रतिलिपि

७. योजना कार्यान्वयनको कार्यतालिका

८. सम्झौता गरिदिने सम्बन्धमा विद्यालय/संस्थाको सिफारिस

पेश गरिने सम्पूर्ण कागजातहरूमा आधिकारिक छाप र तोकिएको स्थानमा आधिकारिक व्यक्तिको दस्तखत अनिवार्य हुनुपर्नेछ। तोकिएको समयभित्र सम्झौता गर्न नआएमा कार्यालय जवाफदेही नहुने र नाम, ठेगाना वा नामेसीमा फरक परेमा स्थानीय कार्यपालिकाको निर्णयसहित सम्पर्क गर्न कार्यालयले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार