भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण तत्काल उद्धारमा कठिनाइ हुन सक्ने भएकाले घटनास्थलमा तुरुन्तै उद्धार टोली र राहत सामग्री परिचालन गर्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग जोडदार माग गरिएको छ। पहिरोमा परेका नागरिकहरूको ज्यान जोगाउन स्थानीय बासिन्दाहरूलाई समेत चनाखो रहँदै उद्धारमा जुट्न अपील गरिएको छ।