Loading

नियन्त्रणमा रहेका सवारीका कागजपत्र असार मसान्तभित्र फिर्ता लैजान ट्राफिक प्रहरीको आग्रह

नियन्त्रणमा रहेका सवारीका कागजपत्र असार मसान्तभित्र फिर्ता लैजान ट्राफिक प्रहरीको आग्रह

कालीकोट १६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले विभिन्न मितिमा ट्राफिक नियम उल्लंघन गरेबापत नियन्त्रणमा लिइएका सवारी साधनका कागजपत्रहरू यही असार मसान्तभित्र जरिवाना बुझाएर फिर्ता लैजान सम्बन्धित चालक तथा सवारी धनीहरूलाई आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै तोकिएको समयभित्र कागजपत्र नलगेमा थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइने चेतावनी दिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नन्द बहादुर बिष्टद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार कालीकोट जिल्ला तथा मातहतका विभिन्न ट्राफिक पोस्टहरूमा नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई कारबाही गर्ने क्रममा चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु-बुक) र सवारी इजाजत पत्र (रुट पर्मिट) हरू नियन्त्रणमा राखिएका छन् । ती सम्पूर्ण कागजपत्रहरू यही २०८३ साल असार मसान्तभित्रै तोकिएको जरिवाना रकम भुक्तानी गरी सोको निस्सा (रसिद) सहित कार्यालयबाट यकिन गरेर फिर्ता लिन अनुरोध गरिएको छ।

ट्राफिक प्रहरीले तोकिएको अन्तिम समयसीमा भित्र पनि जरिवाना नबुझाउने र कागजपत्र फिर्ता नलग्ने चालकहरूको हकमा सम्पूर्ण विवरणहरू थप कानुनी प्रक्रिया र कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइने स्पष्ट पारेको छ । यस प्रक्रिया र आफ्ना कागजपत्रका बारेमा थप जानकारी आवश्यक परेमा सर्वसाधारण तथा सरोकारवालाहरूले कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८६४८८१५८५ मा सिधै सम्पर्क गरेर बुझ्न सक्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार