Loading

“कृषि, पर्यटन, जलजंगल हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सान्नीत्रिवेणी गाउँपालिकाको १८ औँ गाउँ सभा अधिवेशन सुरु

“कृषि, पर्यटन, जलजंगल हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सान्नीत्रिवेणी गाउँपालिकाको १८ औँ गाउँ सभा अधिवेशन सुरु

कालीकोट, ७ असार ।“कृषि, पर्यटन, जलजंगल हाम्रो पहिचान, शिक्षा स्वास्थ्य रोजगार हाम्रो मौलिक सान” भन्ने मूल नाराका साथ कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको १८ औँ गाउँ सभा अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको मेहेलमुडीस्थित आधिकारिक सभाहलमा विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष महेश बहादुर केसीले अधिवेशनको उद्घाटन गर्नु भएकाे हाे ।

गाउँ कार्यपालिकाको कार्यालयले तय गरेको तालिका अनुसार आज असार ७ गते आइतबारदेखि सुरु भएको यस गरिमामय अधिवेशनमा गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको छ।

अधिवेशनको यस सत्रमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक विधेयक एवं विनियोजन विधेयक प्रस्तुत हुने र त्यसमाथि विस्तृत छलफल गरी पारित गरिने कार्यसूची रहेको छ। सान्नीत्रिवेणीको समृद्धि, ग्रामीण पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेर यो अधिवेशन अगाडि बढेको स्थानीय तहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार