Loading

नेपाल प्रहरीको सेवा प्रवाह र नागरिक धारणाबारे सुर्खेतमा अन्तरक्रिया सम्पन्न

नेपाल प्रहरीको सेवा प्रवाह र नागरिक धारणाबारे सुर्खेतमा अन्तरक्रिया सम्पन्न

सुर्खेत, ६ असार । नेपाल प्रहरीबाट सम्पादन हुने सेवा प्रवाह र त्यसबारे आम नागरिकको दृष्टिकोण बुझ्ने उद्देश्यले सुर्खेतमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभाहलमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालयबाट खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (SSP) गोपाल चन्द्र भट्टराई नेतृत्वको विशेष प्रहरी टोलीको उपस्थितिमा सो कार्यक्रम सञ्चालन भएको थियो।

अन्तरक्रियामा जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्षहरू, शिक्षकहरू, विद्यार्थीहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूका साथै नागरिक समाजका अगुवाहरूको व्यापक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्रहरीको वर्तमान सेवा प्रवाह, शान्ति सुरक्षाको अवस्था र प्रहरीप्रति सर्वसाधारणको अपेक्षा एवं धारणाबारे आ-आफ्नो विचार र सुझाव राखेका थिए। निर्देशनालयको टोलीले नागरिकका सुझावहरूलाई मनन गर्दै प्रहरी सेवालाई अझ बढी जनमुखी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार