Loading

कालीकोटमा बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

कालीकोटमा बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

कालीकोट, ४ असार । कर्णाली प्रदेशमा पोषणको अवस्था सुधार गर्न र सञ्चालित कार्यक्रमहरूलाई थप परिणाममुखी बनाउने उद्देश्यका साथ कालीकोट जिल्लामा एक महत्त्वपूर्ण जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेश योजना आयोग, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा “बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जिल्लास्तरीय अन्तरक्रिया” विषयक कार्यक्रम आयोजना गरिएको हो।

उक्त विशेष अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य अशोकनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका उच्च तहका जनप्रतिनिधिहरूको विशिष्ट आतिथ्यता रहेको थियो, जसमा जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख धनजित शाही, उपप्रमुख मिना रावल, र तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्याय सहभागी हुनुहुन्थ्यो।

अन्तरक्रियामा कालीकोट जिल्लाका विभिन्न स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यसका साथै जिल्ला समन्वय समितिका समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, पोषण फोकलपर्सनहरू र पोषण सहजकर्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले बहुक्षेत्रीय पोषण कार्यक्रमको वर्तमान अवस्था, कार्यान्वयनका क्रममा देखा परेका व्यावहारिक चुनौती र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिहरूका बारेमा गहन छलफल गरेका थिए। कार्यक्रमका अध्यक्ष माननीय अशोकनाथ योगीले कर्णाली प्रदेशको मानव विकास सूचकाङ्क सुधार गर्न पोषणको क्षेत्रमा गरिने लगानी र स्थानीय तहहरूको सक्रियता निकै महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। सहभागीहरूले आगामी दिनमा पालिकास्तरमा पोषण कार्यक्रमलाई थप प्राथमिकता दिँदै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार