Loading

कालीकोटमा पत्रकार महासंघको १६ औँ वार्षिक साधारणसभा भोली 

कालीकोटमा पत्रकार महासंघको १६ औँ वार्षिक साधारणसभा भोली 

कालीकोट ३० जेष्ठ । नेपाल पत्रकार महासंघ, कालीकोट शाखाको १६औँ वार्षिक साधारणसभा भोली आइतबार आयोजना हुँदैछ। पत्रकारहरूको साझा संस्थाको रूपमा रहेको महासंघले वार्षिक कार्ययोजना र भावी रणनीतिका बारेमा छलफल गर्न उक्त साधारणसभाको आयोजना गरेको हो।

बिहान ८ बजे होटल रोनीमा औपचारिक रूपमा सुरु हुने साधारणसभाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शाखाका सचिव रमेश बोगटीले जानकारी दिनुभयो।

यस साधारणसभाको महत्त्वबारे प्रकाश पार्दै शाखा अध्यक्ष भरतराज बिष्टले भन्नुभयो, “हामी यस वर्षको साधारणसभालाई समीक्षा र आगामी कार्यदिशा तय गर्ने माध्यमका रूपमा लिएका छौँ। सभाले आर्थिक वर्ष २०८२/०८३ को सांगठनिक तथा आर्थिक प्रतिवेदनको गहन समीक्षा गर्दै २०८३/०८४ का लागि नयाँ नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नेछ।”

पत्रकार महासंघका अनुसार, यस पटकको साधारणसभाले विशेषगरी पत्रकारहरूको क्षमता अभिवृद्धि र सदस्यता सुदृढीकरण अभियानलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ। महासंघकाे जिल्ला शाखामा अहिले १ सय ३० जना सदस्य छन् । महासंघको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादाका लागि यो साधारणसभाले महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार