Loading

रास्कोटमा स्वास्थ्य, शिक्षा र बाल अधिकारको अवस्थाबारे समीक्षा: सुधारका लागि सरोकारवालाको जोड

रास्कोटमा स्वास्थ्य, शिक्षा र बाल अधिकारको अवस्थाबारे समीक्षा: सुधारका लागि सरोकारवालाको जोड

कालीकाेट २२ जेष्ठ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य, शिक्षा र बाल अधिकारको विद्यमान अवस्थाबारे सरोकारवाला निकायहरूसँग गहन छलफल गरिएको छ। “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय सरकार र सरोकारवालाहरूबीच अधिकारको प्रत्याभूति र सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ।

शुक्रबार सम्पन्न सो कार्यक्रम रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालको सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, बाल अधिकार साझा अभियान, कर्णाली प्रदेशका उपाध्यक्ष तथा पत्रकार तुलाराम पाण्डेलगायत शिक्षा, स्वास्थ्य र बाल अधिकारको क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको जनाइएकाे छ ।

छलफलका क्रममा रास्कोटको शैक्षिक गुणस्तर, स्वास्थ्य सेवाको पहुँच र बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि हालसम्म भएका प्रयास र भोग्नुपरेका चुनौतीबारे विस्तृत विमर्श भएको पत्रकार पाण्डेले बताउनु भयाे। कार्यक्रममा बोल्दै सरोकारवालाहरूले स्थानीय तहबाटै अधिकारको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका थिए। राष्ट्रिय मानव अधिकार आयोग,कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वयमा आयोजित कार्यक्रमले रास्कोट नगरपालिकालाई नागरिकका आधारभूत अधिकारहरू शिक्षा, स्वास्थ्य र बाल अधिकारका क्षेत्रमा अझ बढी जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार