Loading

रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युटबीच सेवा सुचारुका लागि समझदारीपत्रमा हस्ताक्षर

रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युटबीच सेवा सुचारुका लागि समझदारीपत्रमा हस्ताक्षर

रास्कोट १८ जेष्ठ । स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवा सुचारु गर्ने बाटो खुलेको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे।

स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि यो सहकार्य निकै महत्त्वपूर्ण मानिएको छ। रास्कोट नगरपालिकाले निक साइमन्स इन्स्टिच्युटको उपस्थितिलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेको थियो। यस सम्झौतामार्फत दुवै संस्थाले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा संयुक्त रूपमा कार्य गर्नेछन्।

नगरपालिकाले NSI सँगको यो सहकार्यले यहाँको स्वास्थ्य अवस्थामा आमूल परिवर्तन ल्याउने अपेक्षा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार