काठमाडौँ १८ जेष्ठ । नेपालको शैक्षिक रूपान्तरणमा सक्रिय एडुटेक इन्टरनेशनल प्रालि (Edutek International Pvt. Ltd.) ले एपेन (APEN) को तेस्रो राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिता र प्रविधि प्रदर्शनलाई उच्च प्राथमिकता दिएको छ।
सम्मेलनमा एडुटेक इन्टरनेशनलले एक प्राविधिक सहकार्य साझेदार (Technology Collaboration Partner) का रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको शिक्षण सिकाइ र विद्यार्थीहरूको संलग्नतालाई प्रभावकारी बनाउन एआई (AI) आधारित ‘स्मार्ट क्लासरूम’ समाधानहरू कसरी उपयोगी हुन सक्छन् भन्नेबारे प्रकाश पारेको छ।
संस्थाका प्रतिनिधिहरूले नेपालका विद्यालयहरूलाई आधुनिक र प्रविधिमैत्री बनाउन एडुटेक इन्टरनेशनलले ल्याएका नविनतम एआई उपकरणहरूले शिक्षकहरूलाई अध्यापनमा सहजता र विद्यार्थीहरूलाई सिकाइमा थप रुचि बढाउने दाबी गरेका छन्। सम्मेलनमार्फत एडुटेकले प्रविधि र शिक्षाको समन्वयबाट देशभरका सामुदायिक तथा निजी विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने आफ्नो दीर्घकालीन लक्ष्यलाई थप उजागर गरेको छ।
सम्मेलनमा सहभागी शिक्षाविद्, विद्यालय सञ्चालक तथा सरोकारवालाहरूसँगको अन्तरक्रियामार्फत एडुटेकले स्मार्ट क्लासरूमको प्रयोगले नेपालको समग्र शैक्षिक परिवेशलाई कसरी थप प्रतिस्पर्धी र परिणाममुखी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको छ। यो सहभागिताले एडुटेक इन्टरनेशनललाई नेपाली शिक्षा क्षेत्रमा प्रविधि भित्र्याउने अग्रणी संस्थाका रूपमा थप स्थापित गराएको छ।