Loading

नेपाल टेलिकमद्वारा गणतन्त्र दिवसको अवसरमा आकर्षक डेटा अफर सार्वजनिक

नेपाल टेलिकमद्वारा गणतन्त्र दिवसको अवसरमा आकर्षक डेटा अफर सार्वजनिक

काठमाडौँ  १४ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसर पारेर आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘गणतन्त्र दिवस अफर २०८३’ अन्तर्गत ‘न्यू इयर लाइट’ र ‘न्यू इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेजहरू ल्याएको हो।

अफरका विशेषताहरू:

न्यू इयर लाइट: ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ। उक्त ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबिपीएस (Mbps) को गतिमा अनलिमिटेड डेटा चलाउन सकिनेछ।

न्यू इयर प्रिमियम: ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ। १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबिपीएस (Mbps) को गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।

अन्य जानकारी: यी दुवै प्याकेजहरूको समयावधि १० दिनको हुनेछ। ग्राहकहरूले भोलि २०८३ जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म यो अफर खरिद गर्न सक्नेछन्। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा भने उक्त प्याकेजको शुल्क मासिक रेन्टल चार्जमा समावेश हुनेछ।

अफर कसरी लिने ? यो अफर प्राप्त गर्नका लागि मोबाइलबाट १४१५११# डायल गर्न सकिनेछ। साथै, नेपाल टेलिकमको एपमार्फत पनि ग्राहकहरूले सहजै प्याकेज खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार