Loading

रास्कोटमा ‘कम्प्युटरबाट लोगो डिजाइन’ तालिम सुरु: डिजिटल प्रविधिमा दक्ष बन्दै विद्यार्थी

रास्कोटमा ‘कम्प्युटरबाट लोगो डिजाइन’ तालिम सुरु: डिजिटल प्रविधिमा दक्ष बन्दै विद्यार्थी

कालीकोट ९ जेष्ठ। डिजिटल युगको मागलाई आत्मसाथ गर्दै रास्कोट नगरपालिका-८, फुकोटस्थित श्री जनजागृति माध्यमिक विद्यालयमा ‘कम्प्युटरबाट लोगो डिजाइन’ तालिम सुरु भएको छ। विद्यालयको आयोजनामा हिजाे शुक्रबार देखि सुरु भएको यस विशेष तालिमको एक समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

“सिक्ने र सफलताको नयाँ सुरुवात” भन्ने मूल नाराका साथ सञ्चालित यो तालिमले विद्यार्थी तथा युवाहरूलाई प्रविधिको क्षेत्रमा आत्मनिर्भर र दक्ष बनाउने लक्ष्य लिएको छ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वसन्त बरालको सभाध्यक्षता र रास्कोट नगरपालिका वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष रत्ना देवी न्यौपानेको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महाप्रसाद बराल, स्थानीय बुद्धिजीवी, शिक्षक तथा सहभागी प्रशिक्षार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

रास्कोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र शिक्षा विकास तथा समन्वय एकाई, कालीकोटको सहयोगमा सञ्चालित यस तालिमले स्थानीय स्तरमै प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

डिजिटल ग्राफिक डिजाइन र लोगो निर्माणको सीप सिकाउने उद्देश्यले सञ्चालित यस तालिममा तीन जना प्रशिक्षकहरूले सहजीकरण गरिरहनुभएको छ। प्रशिक्षकका रूपमा नितेश पोखरेल, दिब्यश्वर बराल र दिलिप शाहीले सहभागीहरूलाई लोगो डिजाइनका प्राविधिक पक्ष र कलात्मक सीपबारे प्रशिक्षण दिइरहनुभएको बताइएकाे छ।

आयोजक विद्यालयले यस तालिमले सहभागीहरूमा रचनात्मक सोचको विकास गर्नुका साथै भविष्यमा स्वरोजगार बन्नसमेत मद्दत पुग्ने अपेक्षा गरेको छ। तालिमको उद्घाटनसँगै विद्यालय परिसरमा प्रविधिमैत्री शिक्षाको माहोल सिर्जना भएको छ। कक्षा ९ का २५ जना र कक्षा ११ का २५ जना गरी कुल ५० जना बिद्यार्थिलाइ याे तालिम दिन थालिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार