Loading

महावै गाउँपालिका वडा नं. ४ को नवनिर्मित भवन उद्घाटन: आजैदेखि नयाँ भवनबाट सेवा सुरु

महावै गाउँपालिका वडा नं. ४ को नवनिर्मित भवन उद्घाटन: आजैदेखि नयाँ भवनबाट सेवा सुरु

डिल्लीकोट, कालीकोट २ जेष्ठ । कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर ४ ले आफ्नै नयाँ प्रशासनिक भवन प्राप्त गरेको छ। वडाबासीलाई थप व्यवस्थित, छिटो र छरितो रूपमा सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको उक्त नवनिर्मित वडा कार्यालय भवनको आज एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

४ नं. वडा कार्यालय, डिल्लीकोटको आयोजनामा सम्पन्न यस गरिमामय कार्यक्रमको मुख्य विवरण यस प्रकार छ:

उद्घाटन मिति: २०८३ साल जेठ २ गते (शनिबार)।

स्थान: ४ नं. वडा कार्यालयको नवनिर्मित नयाँ भवन परिसर, डिल्लीकोट, कालीकोट।

आयोजक: ४ नं. वडा कार्यालय, महावै गाउँपालिका, कालीकोट।

लामो समयदेखि भाडाका साँघुरा कोठाहरूबाट प्रशासनिक कार्य सम्पादन गर्दै आएका कर्मचारी र सेवा लिन आउने सर्वसाधारणका लागि यो नयाँ भवन निर्माण भएसँगै ठूलो राहत मिलेको छ। अत्याधुनिक र पर्याप्त कोठाहरू सहितको यो नवनिर्मित भवनले वडाको संस्थागत विकासमा इँटा थप्नुका साथै सेवा प्रवाहलाई थप मर्यादित र उत्तरदायी बनाउने गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भयाे ।

आज आयोजित उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी गाेकर्ण राज सुयल, डिएपी हिम बहादुर खत्री, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलाद्मी, सञ्चारकर्मी तथा ठूलो संख्यामा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। भवन उद्घाटन भएसँगै आजैका मितिबाट वडाका सम्पूर्ण प्रशासनिक र प्राविधिक सेवाहरू नवनिर्मित भवनबाट सुचारु गरिएकाे वडा अध्यक्ष हरि बहादुर शाहीले बताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार