काठमाडौँ २९ बैसाख। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २०८३ वैशाख २९ गते मंगलबारका लागि मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार आज देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मौसम बदली भई वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने स्थानहरूमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।