भक्तपुर २८ बैसाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। वैशाख २९ गतेको समयसीमा भए पनि प्राविधिक काम छिटो सकिएपछि बोर्डले आजै नतिजा निकाल्न लागेको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीको प्राप्तांक रुजु गर्ने कार्य सम्पन्न भई बोर्ड बैठकको तयारी भइरहेको छ। सम्भवतः आज अपराह्नसम्म नतिजा आधिकारिक रूपमा घोषणा हुनेछ।
यस वर्षको परीक्षामा सहभागी ५ लाख १२ हजार ४२१ परीक्षार्थीको नतिजा नेपाल टेलिकमको १६०० मा कल वा एसएमएस गरेर तथा www.see.gov.np मा हेर्न सकिनेछ। नयाँ निर्देशिकाअनुसार ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी ‘नन्-ग्रेडेड’ (NG) हुने भएकाले यसपटकको नतिजालाई विशेष महत्त्वका साथ हेरिएको छ।