Loading

रास्कोटको आरसीपी बजारमा खाद्य डिपो सञ्चालन: सुपथ मूल्यमा खाद्यान्न पाइने, बिदाको दिन पनि खुला

रास्कोटको आरसीपी बजारमा खाद्य डिपो सञ्चालन: सुपथ मूल्यमा खाद्यान्न पाइने, बिदाको दिन पनि खुला

कालीकाेट २८ बैसाख । कालीकोटको रास्कोट नगरपालिकास्थित आरसीपी बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद–बिक्री कक्ष सञ्चालनमा आएको छ। स्थानीय बासिन्दाहरूलाई सहुलियत दरमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले यो डिपो सञ्चालन गरिएको हो।

यस बिक्री कक्षबाट चामल, तेल, चिनी लगायतका दैनिक उपभोग्य सबै प्रकारका खाद्यान्नहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। बजारमा हुने मूल्यवृद्धि र खाद्यान्न अभावको समस्यालाई मध्यनजर गर्दै सरकारी स्वामित्वको यस कम्पनीले रास्कोटमै सेवा विस्तार गरेपछि स्थानीय बासिन्दाहरूलाई ठूलो राहत मिलेको छ।

उपभोक्ताको सहजताका लागि यो बिक्री कक्ष सार्वजनिक बिदाका दिनहरूमा पनि खुला रहने भएको छ। दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गोदाम खुला रहने भएकाले नागरिकहरूले आफूलाई पायक पर्ने समयमा खाद्यान्न खरिद गर्न सक्नेछन्।

 खाद्यान्न खरिद वा थप जानकारीका लागि संस्थाले सम्पर्क व्यक्तिको समेत व्यवस्था गरेको छ। इच्छुक ग्राहकले सम्पर्क व्यक्ति अमर शाहीलाई मोबाइल नम्बर ९८४८३०७३३१ मा सिधै सम्पर्क गर्न सक्ने जानकारी गराइएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सहुलियतको खाद्यान्नमा सहज पहुँच पुर्‍याउने यो कदमको रास्कोट बासीले स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार