Loading

राष्ट्रपति पौडेलद्वारा एकैसाथ तीन नयाँ अध्यादेश जारी 

राष्ट्रपति पौडेलद्वारा एकैसाथ तीन नयाँ अध्यादेश जारी 

काठमाडौँ, १९ वैशाख । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिबार एकैपटक तीनवटा महत्वपूर्ण अध्यादेशहरू जारी गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यी अध्यादेशहरू जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार आज २०८३ साल वैशाख १९ गते जारी भएका अध्यादेशहरू निम्नानुसार रहेका छन्:

१. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३: यसले स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिष्ठानहरूको कानुनी व्यवस्थामा परिमार्जन गर्नेछ ।

२. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३: यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पदमुक्ति प्रक्रियालाई व्यवस्थित गर्ने विशेष व्यवस्था समेटेको छ ।

३. विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३: यसले उच्च शिक्षा र विश्वविद्यालयका मौजुदा ऐनहरूमा आवश्यक संशोधन गरेको छ ।

यी अध्यादेशहरू जारी भएसँगै स्वास्थ्य, शिक्षा र सार्वजनिक प्रशासनको क्षेत्रमा महत्वपूर्ण कानुनी सुधार हुने अपेक्षा गरिएको छ । संसद् अधिवेशन नभएको अवस्थामा मुलुकलाई तत्काल आवश्यक परेका कानुनहरू निर्माण गर्न सरकारको सिफारिसमा राष्ट्रपतिले यो कदम चाल्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार